६ बैशाख २०८१, बिहिबार

विप्लव नेतृत्वको नेकपाद्वारा केन्द्रीय सम्पर्क कार्यालयको निर्माण सुरु

प्रकाशित मिति :  14 April, 2021 5:37 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सम्पर्क कार्यालयको निर्माण सुरु गरेको छ ।

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नै गृहनगर कपिलवस्तुको शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको आज शिलन्यास गरेका छन् ।
सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव गत फागुन २१ गते सार्वजनिक भएका थिए ।

सरकारले २०७५ फागुन २८ गते लगाएको प्रतिबन्ध फिर्ता लिएपछि विप्लव नेतृत्वको नेकपा खुल्ला कार्यक्रम गर्दै आएको छ ।

खुल्ला राजनीतिमा आएलगत्तै नेकपाले आफ्नो केन्द्रीय सम्पर्क कार्यालय निर्माण सुरु गरेको हो । भवनको शिलन्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी गराए ।

उनका अनुसार पार्टीको आफ्नै श्रम,सहयोग र जनताको सहकार्यमा पार्टी कार्यालय बनाइने बताउँदै जनतासँगै पाटीृ नेता,कार्यकर्ता अनिवार्य श्रममा जोडिने छन् । कार्यालय निर्माण समितिको इन्चार्ज सञ्जिवलाई बनाइएको छ भने अध्यक्ष नन्दलाल पुरी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !