१३ जेष्ठ २०७९, शुक्रबार

रोल्पाका साहित्यकार डिबी टुहुरोलाई जनसेवाश्री पदक

प्रकाशित मिति :  14 April, 2021 10:06 pm


काठमाडौं। रोल्पाका साहित्यकार डिबी टुहुरो जनसेवाश्री पदकले विभूषित भएका छन्।

नयाँ वर्षको दिन बुधबार राष्ट्रपति विद्या देवी भण्डारीबाट नेपाली भाषा साहित्य तथा समाजसेवाकाे क्षेत्रबाट नेपाल र नेपाली जनताकाे हित अभिवृद्धिमा उल्लेखनीय याेगदान दिएकोमा पदक प्रदान गरिएको हो।

टुहुरो नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति हुन्।

शिक्षा र साहित्य क्षेत्रमा जिल्लामा कहलिएका उनी ललित साहित्य परिषद् रोल्पाका संस्थापकसमेत हुन्।

जनयुद्ध कालमा पनि साहित्य र शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय टुहुरोका दर्जनौं साहित्य रचना प्रकाशित छन्।



प्रतिक्रिया दिनुहोस !