१९ मंसिर २०८२, शुक्रबार

नेपालमै पहिलो पटक समावेशी कफी बरिस्टा सीप प्रदर्शनी

प्रकाशित मिति :  15 April, 2021 12:42 pm


हालै राजधानीमामा नेपालमै पहिलो पटक समावेशी कफी बरिस्टा सीप प्रदर्शनी कार्यक्रम सञ्चालन भएको छ। उक्त कार्यक्रम ‘लाइट फर वर्ल्ड इन्टरनेसनल’ को आर्थिक सहयोगमा, राष्ट्रिय अपांग महासंघ र आइसीसीओ (पार्ट अफ कोर्एड) द्वारा सञ्चालित अपांगता भएका व्यक्तिहरूको जीविकोपार्जनको लागि “अपांगतामैत्री कफी मूल्य शृंखला विकास” परियोजना अन्तर्गत नेसनल कफी एकेडेमी  नरेफाट, बालकुमारीमा आयोजना भएको हो  ।

यो कार्यक्रमअन्तर्गत  ११ जना बहिरा युवायुवतीहरुले आधारभूत कफी बरिस्टा तालिम लिए पश्चात रोजगारदाताहरु सामु आफ्नी सीप प्रदर्शन गर्ने अवसर प्राप्त गरेका आयोजकले बताएको छ ।

नेसनल कफी एकेडेमी कफी सम्बन्धि विभिन्न तालिम प्रदन गर्ने निजी संस्था हो। आइसीसीओको परियोजनाको केही आर्थिक तथा प्राविधिक सहयोग सहित नेपालमै पहिलो पटक अपांगतामैत्री कफी बरिस्ता तालिम पाठ्यक्रम तयार पारेर तालिम स्थानलाई नै अपांगतामैत्री बनाई ११ जना बहिरा  बरिस्ता एकैसाथ तयार भएका हुन् ।

कफी एकदिनमा संसारभर २ अर्ब कपभन्दा बढी बिक्री हुन्छ र ५ लाख भन्दा बढी कफी तयार गर्ने बरिस्ता नियमित रोजगारदातासँग आबद्ध छन (आइसीओ २०१६०/ २०१९ मा नेपालमा एक महिनामा अनुमानित २/३ वटा नया कफी शप खुल्ने गरेको बताइएको छ, जसले गर्दा पनि दक्ष कफी बरिस्ताको माग दिनानुदिन बढ्दै छ। तर अपांगता भएका व्यक्तिहरूको पहुँच त्यस्ता क्याफेहरूमा नितान्त सून्यः सरह पाइन्छ र उनीहरुको रोजगारीको अवसर त झनै कम छ ।

समाबेशी कफी बरिस्ता सीप प्रदर्शनीले तालिमप्राप्त, दक्ष बहिरा कफी बरिस्ताहरूलाई क्याफे सञ्चालक, होटेल सञ्चालक, रेस्टुरेन्ट सञ्चालक तथा विभिन्न सरोकारवाला, रोजगारदातासँग भेट गराएको थियो ।  गत वर्षको एक सर्वेक्षण अनुसार, कोविड-१९ का कारण झन्डै ६०५ अपांगता भएका व्यक्तिहरुले रोजगारी गुमाउनु परेको देखिन्छ। तेसैले यस्ता प्रकृतिका नौला सिपमुलक तालिमले उनीहरुलाई रोजगारीका अवसरहरु सिर्जना गर्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस !