४ जेष्ठ २०८१, शुक्रबार

शुक्रबार राति १० बजेदेखि दिल्लीमा कोरोनाकर्फ्यु घोषणा

प्रकाशित मिति :  15 April, 2021 2:24 pm


काठमाडौ । भारतको राजधानी प्रदेश दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६बजेसम्मका लागि सप्ताहन्त कर्फ्यु लगाउने घोषणा गरेका हुन् ।

कोरोनाभाइरस महामारीको फैलिँदो असर नियन्त्रण गर्न कफ्र्युको बाटो अपनाइएको उनले जनाएका छन् ।केजरीवालले बिहीबार उपराज्यपाल अनिल बैजलसँग छलफल गरेका थिए । मल, स्पा, जिम , अडिटोरियम जस्ता स्थलहरू बन्द रहने भएको छ । तर सिनेमा ३० प्रतिशत क्षमताका साथ सञ्चालनमा रहन सकिने जनाइएको छ ।

केजरीवालले एक साप्ताहिक बजारलाई एक दिन क्षेत्रको हिसाब गरी अनुमति दिइने बताए । साप्ताहिक बजारमा बढी भीड हुन नदिन यो उपाय अपनाइएको छ । रेस्टरन्टमा बसि खानपाउने सुविधि उपलब्ध हुने छैन् ।होम डिलिभरीको सुविधा मात्र हुनेछ । आवश्यक सेवा र विवाहजस्ता कार्यक्रमका लागि कर्फ्यु पास उपलब्ध गराइनेछ ।

केजरीवालले दिल्लीका अस्पतालहरूमा बेडको आवश्यकता नभएको बताउँदै अहिले ५००० भन्दा बढी बेड खाली रहेको जनाए । तर सबै बिरामी एक ठाउँको छनौट गर्दा केही समस्या हुने गरेको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !