४ जेष्ठ २०८१, शुक्रबार

भारतमा कोरोना संकट बढ्दो, उत्तर प्रदेशमा अस्पतालमा बेड र अक्सिन सिलिण्डरको अभाव

प्रकाशित मिति :  16 April, 2021 11:10 am


काठमाडौं । भारतमा कोरोना संकट बढ्दै गएको छ । हरेक दिन तिब्र रुपमा कोरोना संक्रमित भेटिन थालेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २ दिन लगातार २ लाख भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २,१७,३५३ जना कोरोना संक्रमित भेटिएका छन् । मृत्यकको संख्या २४ घण्टामा ११८५ पुगेको छ ।

राजधानी दिल्ली कोरोनाको नयाँ इपिसेन्टर बनेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा मात्रै १७ हजार नयाँ संक्रमित भेटिएका छन् भने १०० जना भन्दा धेरैका मृत्यु भएको छ । महाराष्ट्रको अवस्था पनि विजोग भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्रमा मात्रै दैनिक ६० हजार संक्रमित भेटिएका छन् । भारतको सबैभन्दा ठूलो प्रान्त उत्तरप्रदेशमा समेत कोरोना संक्रमितको संख्या तिब्र बढिरहेको छ । पछिल्लो २४ घण्टामा २२ हजार भन्दा धेरै मानिस संक्रमित बनेका छन जुन यस प्रान्तको अहिलेसम्मको धेरै रेकर्ड हो ।

उत्तरप्रदेशको राजधानी लखनउमा स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ । लखनउको अस्पतालहरुमा बेड पाउन छोडिएको छ भने अक्सिजनको सिलिण्डर समेत पाउन छोडिएको छ । शव जलाउन समेत समस्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सबैभन्द कम जनसंख्या भएको छत्तिसगढमा पनि कोरोना तिब्र फैलिएको छ । जहाँ हरेक दिन १० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमति को संख्या १५,२५६ र १३५ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !