२१ बैशाख २०८१, शुक्रबार

रुरु जलविद्युतको आइपीओ पर्यो कि परेन ? यसरी सजिलै हेर्नुहोस् नतिजा

प्रकाशित मिति :  16 April, 2021 1:01 pm


काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आज शुक्रबार बिहान बिक्री प्रबन्धक एनएमबी क्यापिटलको नक्साल, नागपोखरी स्थित कार्यालयमा बिहान बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

यो आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदकबाट कुल २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता माग भएको थियो। जसमा १५ लाख ९० हजार ८९६ आवेदकबाट माग भएको २ करोड १८ लाख ७६ हजार ६१० कित्तामात्र सदर भएको छ।

मागभन्दा बढी आवेदन परेपछि यो आईपीओ पनि गोलाप्रथाबाट वितरण गरिएको क्यापिटलले जनाएको छ । जसअनुसार ३७ हजार ९१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी रहेको ७ कित्ता २० कित्ताभन्दा माथि आवेदन दिनेहरुमध्ये ७ जनाले थप १÷१ कित्ता पाएका छन्।

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको थियो।

जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।

यसरी हेर्नुहोस् नतिजा
रुरु जलविद्युत् परियोजनाको आइपीओको नतिजा हेर्न अबको २ घन्टामा सीडीएससीको https://iporesult.cdsc.com.np/ अथवा सम्बन्धित धितोपत्र बिक्री प्रबन्धक तथा कम्पनीको वेबसाइटमा केही घन्टापछि हेर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस !