१३ जेष्ठ २०७९, शुक्रबार

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा १० प्रतिशत लाभाशं घोषणा

प्रकाशित मिति :  16 April, 2021 2:28 pm


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभाशं घोषणा गरेको छ ।

हिजो बसेको कम्पनी सञ्चालक समितिकोे बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभाशं नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ बताइएको छ।



प्रतिक्रिया दिनुहोस !