४ जेष्ठ २०८१, शुक्रबार

भारतमा कोरोना संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड

प्रकाशित मिति :  17 April, 2021 12:15 pm


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार पार गरेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एक दिनमै २ लाख ३४ हजार ६ सय ९२ जना कोरोना संक्रमित भेटिएका छन् । यो संक्रमितको नयाँ रेडर्क हो । भारतमा हरेक दिन कोरोना संक्रमितको संख्यामा रेकर्ड कायम गर्दै गएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २३ हजार ३५४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने १ हजार ३ सय ४१ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ४५ लाख २६ हजार भन्दा बढी पुगको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !