१७ बैशाख २०८१, सोमबार

कोरोना अवधिमा चिनियाँ अर्थतन्त्रमा ठूलो उछाल

प्रकाशित मिति :  18 April, 2021 12:05 pm


काठमाडौ । कोरोनाभाइरस वैश्विक महामारीको अवधिमा चीनको अर्थतन्त्र एक ठूलो उछाल देखिएको छ ।सन् २०२१को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र गत वर्षको तुलनामा १८.३ प्रतिशतको वृद्धि भएको छ ।

चीनको समग्र घरेलु उत्पादनमा १९९२ यताकै सबै भन्दा ठूलो उछाल देखिएको हो । चीनले आफ्नो त्रैमासिक रेकर्ड सन् १९९२ देखि सार्वजनिक गर्न सुरु गरेको थियो ।

शुक्रबार सार्वजनिक गरिएको आँकडाका अपेक्षा अनुसार भने देखिएको छैन् ।रोयटर्सले गरेको सर्वेक्षणमा सहभागी अर्थशास्त्रीहरूका अनुसार चीनको यो वृद्धि १९ प्रतिशत हुनुपर्ने थियो ।

चीनले कोरोनाभाइरसको व्यवस्थापन अन्य देशको तुलनामा धेरै राम्ररी गर्न सकेको देखिएको र कोरोना नियन्त्रण गर्न सफल देशको रूपमा अगाडि आएकाले उसको वृद्धिलाई धेरै अपेक्षा गरिएको हो ।

चीनले कोरोनाभाइरसको व्यवस्थापन राम्रो गरेपनि अमेरिकासँगको सम्बन्ध बिग्रिएकोले पनि अपेक्षा गरिए अनुसार वृद्धि हुन नसकेको हो ।
अमेरिकामा हुने निर्यात अहिले पनि कमजोर रहेको छ ।

अमेरिकाले चिनियाँ उत्पादनको अमेरिकी प्रवेशमा अतिरिक्त महशुल थपि दिएको छ । त्यसले गर्दा चीनको वृद्धि अपेक्षा भन्दा केही कमजोर देखिएको हो ।



प्रतिक्रिया दिनुहोस !