८ जेष्ठ २०७९, आइतबार

कामना सेवा विकास बैंकको खुद नाफा १७२ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  18 April, 2021 12:41 pm


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा १७२ प्रतिशतले बढेको छ । बैंकको चालु आर्थिक वर्ष २०७७ ७८ को तेस्रो त्रैमास रिपोर्ट अनुसार बैंकको खुद नाफामा उछाल आएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलानामा १७२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधीमा बैकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७ करोड रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ८५ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

यस अवधिसम्म बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष सोही अवधिसम्म बैंकले ३१ अबै ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार ४२.७६ प्रतिशतले बढेर ७७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिसम्मको रिजर्भमा ५४ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

यसरी बैंकको खुद नाफामा वृद्धि भएसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । अहिले बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४७ पैसा पुगेको छ भने गत वर्ष सोही अवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा रहेको थियो ।

बैंकका प्रतिसेयर नेटवर्थ पनि ११४ रुपैयाँ ३५४ पैसा रहेको छ भने पिई रेसियो ११.९४ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !