२० बैशाख २०८१, बिहिबार

भारतमा २४ घण्टामा साढे २ लाखमा कोरोना संक्रमण, १५ सय जनाको मृत्यु

प्रकाशित मिति :  18 April, 2021 1:13 pm


नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनदेखि दैनिक २ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ लाख ६१ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टी भएसँगै भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या यो हालसम्म कै सबैभन्दा रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै १ लाख ३८ हजार ४२३ जना भने कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ७७ हजार १५० जनाको मृत्यु भइसकेको छ ।
भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख १ हजार ३१६ रहेको छ। आउने दिनमा संक्रमितको संख्या थप वृद्धि हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विश्वभर कोरोना संक्रमणबाट ३० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १४ करोडभन्दा बढी पुगेको छ । एएफपी



प्रतिक्रिया दिनुहोस !