४ जेष्ठ २०८१, शुक्रबार

साताको पहिलो दिन नेप्सेमा भारी अंकको गिरावट

प्रकाशित मिति :  18 April, 2021 4:06 pm


काठमाडौं । केही दिन यता निरन्तर नयाँ इतिहास कायम गर्दै आएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज भने भारी अंकले ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ३५.८९ अंकले ओरालो लाग्दै २६९९.५१ अंकमा पुगेर रोकिएको हो ।

त्यस्तै सेन्सेटिभ परिसूचक ६.२९ अंकले घटेर ४८६.१६ अंकमा पुगेको छ । नेप्सेमा रहेका कुल १३ उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर मात्र बढेको छ बाँकी १२ वटा उपसमूहको सेयर भने घटेको छ ।

कारोबारका आधारमा आज एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकले ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आज कुल २०७ वटा कम्पनीको सेयर कारोबार भएको छ । कुल २०७ वटा कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ



प्रतिक्रिया दिनुहोस !