२० बैशाख २०८१, बिहिबार

बेलायती प्रधानमन्त्रीको भारत भ्रमण फेरि स्थगित

प्रकाशित मिति :  19 April, 2021 3:50 pm


काठमाडौ । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले आफ्नो भारत भ्रमण खारेज गरेका छन् ।

कोरोनाको दोस्रो लहर उग्र बन्दै गएकोले बेलायती प्रधानमन्त्री जनसनमाथि भारतको भ्रमण स्थगित गर्न दबाब बढ्दै गएको थियो ।

प्रधानमन्त्री जोनसनको भारत भ्रमण २५ अप्रिलमा निर्धारित गरिएको थियो ।

बेलायती संसदको प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री जनसनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आवश्यक छलफल अनलाइनको बैठकको आयोजना गरी सम्पन्न गर्न भनेका थिए ।

अप्रिल २५मा निर्धारित भारत भ्रमण खारेज भएको एकै वर्षमा यो दोस्रो पटक खारेज भएको हो ।

यसअघि जनवरी २६मा मुख्य अतिथिको रूपमा जनसनलाई भारत आउन निम्तो गरिएको थियो । त्यतिखेर कोरोनाका कारण भारत आउन पाएका थिएनन् ।

भारतको राजधानी दिल्लीमा दोस्रो लहरले कर्फ्युृ लगाउन परेकोले यो भ्रमण खारेज गरिएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयले यो वर्ष अर्को भारत भ्रमणको मिति आपसी सहमतिमा तोकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !