४ जेष्ठ २०८१, शुक्रबार

भारतको अस्पतालमा अक्सिजन चुहिएर आगलागी, ११ को मृत्यु

प्रकाशित मिति :  21 April, 2021 3:14 pm


काठमाडौ । भारतको एक अस्पतालमा अक्सिजन चुहिएर भएको आगलागीमा कम्तीमाा ११ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सर्वाधिक प्रभावित प्रदेश महाराष्ट्रको डा. जाकिर हुसेन अस्पतालमा अक्सिजन चुहिएर भएको आगलागीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले अहिलेसम्म ११ जनाको मृत्यु भएको बताए । समाचारका अनुसार अझ कतिपयको हालत गम्भीर बनेको छ ।

प्राप्त जानकारी अनुसार अस्पतालमा १७१ जनालाई अक्सिजन दिने काम भइरहेको थियो । आगलागी निभाउन दमकल पुगेर निभाउने काम जारी राखेको जनाइएको छ ।

प्रदेशमा मन्त्रीहरूले दोषीलाई सख्त कारबाही गरिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !