४ जेष्ठ २०८१, शुक्रबार

भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी) का महासचिव येचुरीका छोराको कोरोनाका कारण निधन

प्रकाशित मिति :  22 April, 2021 11:10 am


काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम येचुरीका छोराको कोरोना संक्रमणका कारण निधन भएको छ ।

येचुरीका ३४ वर्षीय छोरा आशीषको आज बिहान निधन भएको हो । महासचिव यचुरीले ट्वीट गरेर छोरानको निधनबारे जानकारी गराएका छन् ।

उनले ट्वीट गर्दै डाक्टर,नर्स तथा अग्रभागमा खटिएका स्वास्थ्यकर्मीका साथै सरसफाई कार्मचारीलाई पनि आफ्नो छोराको उपचारमा सक्दो प्रयास गरेको भन्दै धन्यवाद दिएका छन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार आशीषको उपचार गुडगाँउको मेदान्त अस्पतालमा भइरहेको थियो र केही सुधारपनि भएको थियो । तर आज बिहान साढे ५ बजे २ हप्तादेखि उपचाररत उनको निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस !