५ जेष्ठ २०७९, बिहिबार

उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

प्रकाशित मिति :  22 April, 2021 12:31 pm


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य उकालो भएको छ । बिहीबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामै २५ रुपैयाँले बढेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !