१८ बैशाख २०८१, मंगलबार

युरोपियन युनियनले अस्ट्राजेनेका विरूद्ध मुद्दा दायर गर्ने

प्रकाशित मिति :  22 April, 2021 3:23 pm


काठमाडौ । युरोपियन आयोगले अस्ट्राजेनेका विरूद्ध वाचा गरेबमोजिम कोरोना खोप उपलब्ध नगराएकोमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।

युरोपियन युनियनले खोपबाट रोग प्रतिरोधी क्षमता बढाउने अभियानलाई असर पारेको भन्दै मुद्दा दायर गर्न लागेको हो ।

यस विषयमा बुधबार राजदूतहरूबीच छलफल भएको थियो । अस्ट्राजेनेका विरोधको सो प्रस्तावमा सदस्य देशहरूको बहुमतका प्रतिनिधिहरूले सहमति जनाएका थिए ।

जनवरीमा अस्ट्राजेनेकाले भने बमोजिमको खोप युरोपियन युनियनलाई आपूर्ति गर्न नसकेपछि विवाद बढेको थियो ।

युरोपियन युनियनबाट हटेको बेलायत बिचको विवाद पनि यो सम्झौताको कारण भएको कतिपयको बुझाइ रहेको छ । अस्ट्राजेनेकाको खोप बेलायतले किन्ने भएपछि युरोपियन युनियनलाई सो कम्पनीले भने बमाोजिमको खोप दिन नसकिने जनाएको युनियनको बुझाइ रहेको छ ।

यो कम्पनीका खोप बनाउने कारखानाहरू कहाँ कहाँ सञ्चालनमा रहेका छन् त्यसबारे तत्काल स्पस्ट हुन नसकेको हो ।

पहिलो त्रैमासिकको अन्त्यमा अस्ट्राजेनेकाले १० करो मात्रा दिन गरेको वाचाको तुलनामा ३ करोड मात्रा मात्र आपूर्ति गरेको थियो ।

युरोपियन युनियनले अस्ट्राजेनेकासँग सन् २०२०को अगस्टमा यो खोपसम्बन्धी सम्झौता गरेको थियो ।

युरोपियन युनियनले अस्ट्राजेनेकाबाट खोप किन्ने विकल्पमा अहिले सोचिरहेको छैन् । उसले यसका लागि फाइजर र मोडर्नाको खोपलाई प्राथमिकता दिएको छ ।



प्रतिक्रिया दिनुहोस !