२६ बैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा टंक पोखरेल

प्रकाशित मिति :  22 April, 2021 4:59 pm


बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनित भएका छन् । चेम्बरको विधान बमोजिम पोखरेललाई तीन वर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको हो ।

अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गरेका गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । पोखरेलले चेम्बरको संस्थागत विकासमा सिङ्गो प्रदेश लाग्ने बताएका छन् ।

“प्रदेशमा विभिन्न अभियानमार्फत् रोजगारी वृद्धि गर्ने र आयआर्जनमा जोड्नमा हाम्रो ध्यान हुनेछु,” नवनियुक्त अध्यक्ष पोखरेलले भने ।
चेम्बरको संस्थागत विकास गर्दै व्यावसायिक एकतामा जोड दिने उनको प्रतिवद्धता छ ।

पोखरेल रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय छन् । उनी २०६४ देखि २०७० सम्म रूपन्देही व्यापार संघको अध्यक्षसमेत बनिसकेका छन् ।

जेसिज, रोटरी र सहकारीमा समेत नेतृत्व गरेका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स, हाइड्रो, बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !