१९ मंसिर २०८२, शुक्रबार

कोरोनाले पशुपतिनाथ भेट्न भक्तजनलाई रोक

प्रकाशित मिति :  22 April, 2021 6:46 pm


काठमाडौ । कोरोना भाइरसका संक्रमितहरू बढ्न थाले पछि पशुपतिनाथको मन्दिरमा पूजाआजाका लागि जाने भक्तजनलाई रोक लगाइएको छ ।शुक्रबारदेखि यो आदेश लागु हुने भएको छ ।

अर्को व्यवस्था नगरिएसम्म भक्तजनलाई पशुपतिनाथसँगको भेटमा रोक आदेश जारी रहने त्यहाँका सरोकारवाला पदाधिकारीहरूले बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर यो जानकारी सार्वजनिक गरेका हुन् । पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाइएको छ ।

सूचनामा “ पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ” उल्लेख छ ।

आज नेपालमा  २ हजार ४ सय २८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !