४ जेष्ठ २०८१, शुक्रबार
भारतमा कोरोना ताण्डव

भारतमा ३ लाख ३२ हजार नयाँ संक्रमित थपिए,अस्पतालमा आगलागी हुँदा १३ जना संक्रमितको मृत्यु

प्रकाशित मिति :  23 April, 2021 8:11 am


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या एकपछि अर्को रेकर्ड बन्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ३२ हजार ५०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

२२५६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमण र मृत्युदर हरेक दिन बढिरहेको छ । यससँगै भारतमा सकृय कोरोना संक्रमितको संख्या २४ लाख पार गरेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । जहाँ पछिल्लो २४ घण्टामा ६७०१३ नयाँ संक्रमित थपिएका छन् । दिल्लीपनि कोरोनाबाट धेरै प्रभावित भएको छ ।

अस्पतालमा आगलागी हुँदा १३ कोरोना संक्रमितको मृत्यु

मुम्बईको विरारमा रहेको विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसियूमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको थियो ।

आज बिहान सवा ३ बजेतिर विजुली सर्ट भएपछि आगलागी भएको थियो । यसअघि महाराष्ट्रकै जाकिर हुसेन अस्पतालमा अक्सिजन लिक हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !