२४ बैशाख २०८१, सोमबार

४ सयले घट्याे सुनकाे मूल्य

प्रकाशित मिति :  25 April, 2021 10:52 am


काठमाडाैं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतिताेला ४ सयले घटेको छ ।  शुक्रबार ९१ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रततिोला १० रुपैयाँले घटेर तोलाको १३१० मा कारोबार भएको महासंघले जानकारी दिएको छ । यसअघि चाँदी प्रतितोला १३२० रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !