१६ बैशाख २०८१, आइतबार

एनआइसी एसिया बैंकद्धारा आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा

प्रकाशित मिति :  25 April, 2021 1:52 pm


काठमाडौं । एनाआईसी एसिया बैकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुला गरेको छ । आइतबार देखि बैंकले आरएमडीसी लघुवित्तमा रहेको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।

उक्त सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी र संघ संस्थाले आज (वैशाख १२ गते) देखि वैशाख २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

उक्त सेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताहरुले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !