१७ असार २०७९, शुक्रबार

सर्लाहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  25 April, 2021 2:24 pm


काठमाडौं । सर्लाहीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । रामनगर गाउँपालिका ५ का ३२ वर्षीय इन्द्रजीत रायको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले बताएको छ ।

गत वैशाख १० गते बिरामी भएका रायलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको थियो ।

उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताटोलमा रहेको कुलोको छेउमा व्यवस्थापन गरेको सर्लाही प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !