२० असार २०७९, सोमबार

बालुवाटारमा नेपाल समूहले फ्लोरक्रस गर्ने चिन्ता

प्रकाशित मिति :  25 April, 2021 2:23 pm


काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले संसदमा फ्लोर क्रस गर्न सक्ने चिन्ताबारे छलफल गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष् तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरूद्ध नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सक्ने विषयमा छलफल गरेका हुन् ।

एमाले महाधिवेशन आयोजक कमिटीको आइतबारको सो बैठकमा अविश्वास प्रस्ताव आउन सक्नेबारे छलफल भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।

ज्ञावालीले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको विषयमा बालुवाटार बैठकमा छलफल भएको बताएका हुन् ।

प्रतिपक्षीले ल्याउने अविश्वास प्रस्तावमा नेपाल खनाल समूहले मतदान गर्न सक्ने र यसबारे आवश्यक उपायबारे छलफल भएको ज्ञावालीले पत्रकारहरूसँग कुराकानी गर्दै जनाए ।

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा एमाले सांसदहरूले नै फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए।



प्रतिक्रिया दिनुहोस !