१ पुस २०८२, मंगलबार

मलेरिया र अर्थराइट्सको औषधि कोभिड घटाउन असरदार

प्रकाशित मिति :  25 April, 2021 3:26 pm


काठमाडौं । मलेरिया र अर्थराइट्सको औषधिले कोभिड–१९को उपचारमा असरदार भएको सिङ्गापुरमा गरिएको अध्ययनमा देखिएको छ ।

यो औषधिको ठूलो स्तरमा क्लिनिकल परीक्षण मे अन्त्यसम्म सकिने भएको छ ।यो परीक्षणमा प्रवासी मजदुरहरूमा यसको क्लिनिकल परीक्षण गरिएको छ ।

यसमा ३ हजार मजदुरहरू सहभागी भएको सिङ्गापुर च्यानल न्युज एसियाले आइतबार जनाएको छ । ६ साताको यो परीक्षणमा सहभागी मजुदरहरूलाई पोभोडोनआयोडिन र हाइड्रोक्सीक्लोरोक्विन दिन सिफारिस गरिएको छ । यो दुवै औषधिले कोरोनाभाइरस संक्रमितहरूको समस्या कम गरेको पाइएको अध्ययनमा देखिएको छ ।

कोरोनाभाइरसको उपचारमा असरदार भएको पहिलो अध्ययन भएको पनि जनाइएको छ ।

यी दुई सजिलै उपलब्ध हुने भएकोले परीक्षणका लागि सिफारिस गरिएको अध्ययनमा संलग्न डाक्टरहरूले बताएका छन् ।यो परीक्षणमा लक्षण नभएका २१ देखि ६० वर्ष उमेर समूहका ३ हजार ३७ स्वस्थ्य पुरुष सहभागी भएका छन् ।

सहभागीहरूमा श्वासप्रश्वास, ज्वरो, खोकी वा बासनामा ह्रास आएको जस्तो कुनै लक्षण परीक्षण सुरु गर्न अघि एक महिना अघि देखिएकाहरूलाई यो परीक्षणबाट हटाइएको थियो ।

पहिले कोरोना लागेकाहरूलाई पनि यसमा सहभागी गराइएको थिएन् । घाँटीमा समस्या देखिएकाहरूलाई पोभोडोनआयोडिन दिनको तीन पटक दिनुपर्ने थियो ।  ६ साता पछि आधा जति सहभागीहरूमा कोभिड–१९ पजिटिभ देखिएको जनाइएको छ ।
यो ।



प्रतिक्रिया दिनुहोस !