२० बैशाख २०८१, बिहिबार

साताको पहिलो दिन नेप्से ७५ अंकले घट्यो

प्रकाशित मिति :  25 April, 2021 3:44 pm


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से भारी अंकले घटेको छ । आइतार नेप्से ७५.७९ अंकले घटेर २५७२.२२को अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १२.५६ अंकले घटेर ४६४.०५ को अंकमा पुगेको छ ।

नेप्सेमा भएका कुल १३ उपसमूहमध्ये आज १३ वटै उपसमूह राताम्मे बनेको छ ।कारोबारको आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रहेको छ । बैंकले ३९ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आज कुल २१५ कम्पनीको एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर किनबेचहुँदा ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ



प्रतिक्रिया दिनुहोस !