८ जेष्ठ २०८१, मंगलबार

नेपालमा थप ३ हजार १२२ जनामा काेराेना संक्रमण पृष्टि

प्रकाशित मिति :  25 April, 2021 4:47 pm


काठमाडाैं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

देशभर भएको ९ हजार २९२ पीसीआर र ६८६ जनाको एन्टिजेन बिधीबाट परीक्षण गर्दा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा काठमाडाैं उपत्यकामा मात्रै १४९८ जना काेराेना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !