७ जेष्ठ २०८१, सोमबार

बस भाडा तिर्न एनएमबी बैंकको कन्ट्याक्टलेस कार्ड

प्रकाशित मिति :  26 April, 2021 7:35 am


काठमाडौं । एमएमबी बैंकले कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । कार्डमार्फत् बस चेढेर आफ्नो गन्तब्यमा पुगेपछि यात्रुले कार्डमार्फत् भाडा तिर्न सक्नेछन् ।

क्यासलेस भुक्तानी अभ्यासलाई लागू गर्दै कोभिडबाट सुरक्षित रहन र डिजिटल भुक्तानी प्रवद्र्धन गर्न नयाँ सेवा सुरु गरेको हो ।

बैंकले कन्ट्याक्टलेस कार्ड प्रयोगका लागि फिन्टेक ईन्टरनेशनसँग सहकार्य गरेको छ । हाललाई यो सुविधा काठमाडौं उपत्यकामा चल्ने संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा उपलब्ध छ ।

उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

बैंकले घरमै बसी ओम्नी च्यानल मार्फत खाता खोल्न सकिने लगायत बैंकिङ्ग सेवाको सञ्चालन गरिरहेको छ ।

विश्वका सहरहरुमा क्यासलेस भुक्तानी सेवा सफलतापूर्व प्रयोग भइरहहेको छ । नेपालमा पनि सरकारले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने नीति लिएसँगै वित्तीय संस्थाहरुले धमाधम नयाँ नयाँ सेवा सुरु गरिहेका छन् ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फतसेवा प्रदान गर्दै आइरहेका छ ।



प्रतिक्रिया दिनुहोस !