ओलीको सरकार फेर्न प्रतिपक्षी दलको कसरत
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अविश्वास प्रस्ताव दर्ता गराउने विषयमा प्रतिपक्षीदलहरू बिच छलफल तीव्र बनेको छ ।
जनता समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीविरूद्ध बढाउन खोजिएको अविश्वासको प्रस्तावलाई कसरी लिने भन्ने विषयमा पार्टी कार्यालय भित्र छलफल गरिरहेकाो छ ।
कांग्रेस र माओवादी केन्द्रका नेताहरूले संसदको चौथो ठूलो दल जसपाको निर्णयलाई गम्भीरतासाथ लिइरहेका छन् ।
जसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ यस विषयमा छलफल गरिरहेका छन् ।
उनीहरू बिच सोमबार पनि छलफल भएको थियो । तर पार्टी भित्र विवाद भइरहेको पार्टीका नेताहरूले बताउने गरेका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो एक पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई एक पक्षम रहेका छन् ।
ठाकुर महतो पक्ष ओलीलाई सघाउनुपर्नेमा छन् भने भट्टराई यादवले नयाँ सरकार बनाउन समर्थन गर्नुृपर्ने पक्षमा जानुपर्ने बताइरहेका छन् ।








