४ जेष्ठ २०८१, शुक्रबार

नेप्सेमा ९२ अंकको उछाल आएपनि कारोबार रकम भने घट्यो

प्रकाशित मिति :  27 April, 2021 4:15 pm


काठमाडौं । केहीदिन यता भारी अंकको गिरावट आएको सेयरबजारमा आज भने भारी अंकको उछाल आएको छ । सेयरबजारमा हरियाली बनेसँगै लगानीकर्ताहरुमा पनि नयाँ उत्साह छाएको छ । जताततै कोरोनाको मंगलबार सेयर बजार ९२.४६ अंकले बढेर २५९९.०७ अंकमा पुगेको छ ।

त्यस्तै, आज सेन्सेटिभ परिसूचक पनि १४.४८ अंकले बढेर ४६७.२८ को बिन्दुमा पुगेको छ । कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयरमा हरियाली छाएको छ ।

यो दिन जीवन बीमा समूह ५५८.६३ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ५४३.२७ अंकले बढेको यो दिन बैंकिङ समूहमा ४५.१३ अंक, व्यापार समूहमा १९०.७२ अंक, होटेल तथा पर्यटन समूहमा ३९.३५ अंक, विकास बैंक समूहमा ९३.७६ अंक, जलविद्युत् समूहमा १५३.०८ अंक, वित्त समूहमा ३५.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा २३९.०३ अंक, अन्य समूहमा ६९.६५ अंक, लघुवित्त समूहमा २३७.६५ अंक, म्युचुअल फन्ड समूहमा ०.१८ अंक र लगानी समूहमा ४.३४ अंकले वृद्धि छ ।

आज एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज अप्पर तामाकोशीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । आज कारोबारका आधारमा पनि अप्पर तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार गर्न सफल भएको छ कम्पनीले १८ करोड १० लाख बराबरको कारोबार गरेको छ ।

नेप्सेमा आज कूल २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक भारी अंकले बढे पनि कारोबार रकम भने बढेको छैन ।



प्रतिक्रिया दिनुहोस !