१ पुस २०८२, मंगलबार

कपिलवस्तुमा ईंट्टा भट्टाले चोरी गरेको विद्युत नियन्त्रण गर्न गएका प्राधिकरण कर्मचारी कुटिए

प्रकाशित मिति :  1 May, 2021 8:05 am


कपिलवस्तु । कपिलवस्तुमा ईंट्टा भट्टाले चोरी गरेको विजुलीको लाइन काट्न गएका नेपाल विद्युत प्राधिकरणका कार्मचारी कुटिएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नं. ८ पटरपरमा रहेको मनकामना इट्टा भट्टाले हुकिङ मार्फत चोरी गरेको विद्युत नियन्त्रण गरेर फर्कने क्रममा नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका कर्मचारी कुटिएका हुन् ।

भट्टा मालिक सुशील कुमार शुक्ला,आनन्द शुक्ला र उनका भाइ भतिजा मिलेर ५ जना कर्मचारीमाथि कुटपिट गरेको वितरण केन्द्रका प्रमुख प्रमुख कमर आलम खाँले जानकारी दिएका छन् ।

चुहावट नियन्त्रणका लागि केन्द्रबाट कौशलराम चौधरी,झपेन्द्र चौधरी, उमेश कुमार साह, सवारी चालक सरोज थारु र मथुरा प्रसाद चौधरी गएका थिए । त्यसमध्य कोशलराम चौधरी, उमेश कुमार साह र सवारी चालक सरोज थारु सहितलाई मुख र कानबाट समेत रगत आउने गरी निर्घात कुटपिट गरिएको प्रमुख खाँको भनाइ छ ।

मनकामना ईटा भट्टाको बक्यौता रु. २,१९,२४७ भऐपछि केन्द्रले गत असोज २५ गते लाइन काटेको थियो । तर इट्टा भट्टाले महसुल नतिरेर हुकिङ मार्फत विद्युत चोरी गरी ईंटा भट्टा सञ्चालन गरेको खुलेको थियो ।

प्रमुख खाँले विद्युत चोरीको जानकारी आएपछि कर्मचारी पठाएको र भट्टाको मोटर निकाली फर्कने क्रममा हिजो दिउँसो कुटपिट भएको जानकारी दिए ।

प्रमुख खाँले लुम्बिनी सञ्चारसँग भने,“ हुकिङ हटाएर फर्कदै गर्दा उनीहरुले गाडीको साँचो थुतेर कुटपिट गरेका थिए ।” कुटपिटमा संलग्न सशीलकुमार शुक्ला र आनन्द शुक्लालाई प्रहरीले पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस !