७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्म स्थगित

प्रकाशित मिति :  31 December, 2019 3:49 pm


काठमाडौं, १५ पुस । संघीय संसदको सभामुखका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच मंगलबार करिब २ घण्टासम्म छलफल चलेको थियो । छलफलमा सहमति नजुटेपछि बुधबार (पुस १६ गते) बस्ने भनिएको बैठक सूचना टाँस गरी ११ दिनका लागि स्थगित गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !