१५ चैत्र २०८०, बिहिबार

प्रदेश- ५  को प्रदेशसभा अधिवेशन माघ ५ गते आह्वान

प्रकाशित मिति :  31 December, 2019 4:40 pm


बुटवल, १५ पुस । प्रदेश- ५  को प्रदेशसभाको अधिवेशन माघ ५ गते सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १३८ को उपधारा (१) बमोजिम आगामी माघ ५ गते आइतबार दिनको १ बजेलाई प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !