४ जेष्ठ २०७८, मंगलवार

ग्वालेक ग्रुपले महाकाली अस्पताललाई ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने

प्रकाशित मिति :  २१ बैशाख २०७८, मंगलवार १७:०८


ग्वालेक ग्रुपका अध्यक्ष पीताम्बर जोशी

काठमाडौं । ग्वालेक ग्रुपले कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने घोषणा गरेको                छ ।

प्रा.लि.का अध्यक्ष पीताम्बर जोशीले तीन दिनमा महाकाली अस्पताललाई ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउने जानकारी गराए ।
उनले अहिले अक्सिजन सिलिण्डर संकलन गरिरहेको भन्दै तीन दिनभित्र अक्सिजन उपलब्ध गराउने जानकारी दिए ।

उनले भने,“कोरोना संक्रणका कारण अस्पतालमा अक्सिजनको अभावका समाचार आइरहेको छ । हामीले महाकाली अस्पताललाई उपलब्ध गराउने निर्णय गरेका छौं ।”

अध्यक्ष जोशीले आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ग्वालेक ग्रुप अन्तरर्गत अमृत डिष्टिलरी प्रा.लि.,स्नेहासोप एण्ड केमिकल प्रा.लि. तथा अन्य ७ वटा कम्पनी रहेका छन् ।

ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिमेश कुमार मिश्रले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न लागेको जानकारी दिए । उनले भने,“अक्सिजनको चरम अभाव भएको बेला हामी छौं,सामाजिक होईन भौतिक दुरी कायम गरी ग्वालेक ग्रुप सामाजिक सहकार्यमा छ ।”

मिश्रले बजारमापनि अक्सिजन अभाव देखिएकाले अहिले विभिन्न कम्पनी मार्फत अक्सिजन सिलिण्डर संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

उनले भने,“हामीले अक्सिजन सिलिण्डर उपलब्ध गराउने कम्पनीसँग कुरा गरिरहेका छौं, केही संकलन भइसकेको छ । ३ दिनसम्म ५० सिलिण्डर अक्सिजन महाकाली अस्पतालाई उपलब्ध गराउँछौं ।”



प्रतिक्रिया दिनुहोस !