१५ बैशाख २०८१, शनिबार

किसान लघुवित्तको खुद मुनाफा १६२८ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  6 May, 2021 1:26 pm


काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो त्रैमाससम्ममा खुद नाफा १६२८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा संस्थाले ५० लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्ष यही अवधीमा २७ लाख ४५ हजार रुपैयाँ संस्था संचालन मुनाफा रहेको कम्पनीको यस वर्ष भने ४०२४.५७ प्रतिशतले बढेर ११ करोड ३२ लाख रुपैया रहेको छ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४०२४.५७ प्रतिशतले बढेको छ। गत वर्ष २७ लाख ४५ हजार रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा बढेर ११ करोड ३२ लाख रुपैयाँ भएको छ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३४३.४० प्रतिशतले बढेर २६ करोड ९१ लाख रुपैयाँ बढी भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ७ लाख रुपैयाँ रहेको थियो।

संस्थको रिजर्भको ५३६१.५४ प्रतिशतले बढेको छ । गत वर्ष ३३ लाख ५१ हजार रुपैयाँ रहेको रिभर्जमा यो वर्ष बढेर १८ करोड ३० लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.०६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७९.१५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४६.६० रुपैयाँ रहेको छ।



प्रतिक्रिया दिनुहोस !