४ कार्तिक २०८३, मंगलबार

सरकार गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्यमा लागेको नेता नेपालको आरोप

प्रकाशित मिति :  8 May, 2021 8:40 am


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले बलमिच्याई गरेर अध्यादेशमार्फत संवैधानिक निकायमा पदपूर्ति गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

नेता नेपालले कोरोना भाइरस नियन्त्रणमा ध्यान दिनुपर्नेमा सरकार गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्यमा लागेको आरोप लगाएका    छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।”

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्नेपनि नेता नेपालले स्मरण गराएका छन् ।

https://www.facebook.com/madhavnepaluml/posts/1717738418412606

उनले गलतबाटोबाट गरिने यस्ता नियुक्तिका प्रयासहरु तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन् ।

उनले भनेका छन्,“गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।” पार्टीभित्र अन्र्तसंघर्ष चर्किएपछि अध्यक्ष ओलीले नेता नेपालसहित ६ जनालाई निलम्बन गरेका छन् भने नेपाल पक्षीय सांसदलाई कारबाही गरेका छन् ।

नेता नेपाललेपनि ओलीले कदम सच्याउनुपर्ने माग गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !