४ पुस २०८२, शुक्रबार

विरोधकाबीच संवैधानिक परिषद् बैठक सुरु

प्रकाशित मिति :  9 May, 2021 10:08 am


काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबरा सहभागि भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागि भएका छैनन् ।

नेकपाली कांग्रेसका सभापति देउवाले अध्यादेशमार्फत संवैधानिक परिषद्को क्षेत्र संकुचित र कमजोर बनाइएको भन्दै बैठकमा सहभागि नहुने हिजो बताइसकेका थिए भने ।

नेकपा माओवादी केन्द्रले बैठकमा सहभागि नहुन परिषद सदस्यहरूलाई आग्रह गरेको थियो । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष, प्रधान न्यायाधीस उपस्थित भएपछि बहुमत पुगेको छ । बैठकले संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको सिफारिस गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !