१४ बैशाख २०८१, शुक्रबार

सुनकाे मूल्य ३ सयले बढ्याे, चाँदी घट्याे

प्रकाशित मिति :  11 May, 2021 11:58 am


काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेकाे छ । साेमबार ९२ हजारमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य मंगलबार ३ सयले बढेर प्रतिताेला ९२ हजार ३ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला ९१ हजार ८सयमा काराेबार भएकाे छ ।

मंगलबार चाँदीकाे मूल्य भने घटेकाे छ । मंगलबार चाँदी प्रतिताेला १५ रुपैयाँ घटेर प्रतिताेला १३४५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !