१३ बैशाख २०८१, बिहिबार

भारतका लागि सुखद खबर,२ देखि १८ वर्षका बालबालिकामा कोरोना खोप परीक्षणको अनुमति

प्रकाशित मिति :  12 May, 2021 10:42 am


काठमाडौं । भारतमा कोरोना संक्रमणले आक्रान्त पारेका बेला २ देखि १८ वर्षका बालबालिकालाई परीक्षण खोपका लागि अनुमति प्राप्त भएको छ ।

हैदराबाद स्थिति भारत बायोटेकले २ देखि १८ उमेरका बालबालिकमा परीक्षण खोपको अनुमति माग गरेको थियो ।

केन्द्रीय औषधि मानक नियन्त्रण संगठनको एक विशेषज्ञ समितिले २ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्वको दोस्रो तथा तेस्रो चरणको परीक्षण खोपका लागि सिफारिस गरेको छ ।

भारतीय मिडियाहरूका अनुसार दिल्ली तथा पटनाको एम्स तथा नागपुर स्थिति मेडिट्रिना चिकित्सा विज्ञान संस्थानसहित विभिन्न ठाउँमा खोपको परीक्षण गरिने छ ।

विशेषज्ञ समितिले मंगलबार भारत बायोटेकको निवेदनमा छलफल गरेको थियो ।

छलफलका क्रममा कोरोना भ्याक्सिनको खोप २ देखि १८ वर्षका बालबालिकाको सुरक्षा तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने लगायतका विषय आकलन गरेर परीक्षणको दोस्रो र तेस्रो परीक्षणका लागि अनुमति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !