१५ चैत्र २०८०, बिहिबार

सुनकाे मूल्यमा गिरावट, चाँदी स्थिर

प्रकाशित मिति :  12 May, 2021 11:39 am


काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार प्रतितोला ३ सयले घटेर तोलाको ९२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । हिजो मंगलबार १३४५मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !