१४ बैशाख २०८१, शुक्रबार

बैंकमा ५० हजारभन्दा कम जम्मा गर्न नपाइने !

प्रकाशित मिति :  13 May, 2021 7:06 pm


काठमाडौं । नेपाल बैंकर्स संघले साना बचतकर्ताहरूलाई निरुत्साहित गर्दै ५० हजारभन्दा कमको निक्षेप नलिने बताएको छ।

ठूला वाणिज्य बैंकहरूको सिन्डिकेट बैंकर्स संघले कोभिड-१९ महामारीको कारण जनाउँदै साना बचतकर्तालाई निरुत्साहित गर्ने सूचना निकालेको हो । जबकी, नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनअनुसार महानगरपालिकामा प्रतिव्यक्ति वार्षिक बचत ७३ हजार हुँदा उपमहानगरपालिकामा यो बचतदर ४४ हजार, नगरपालिकामा ३६ हजार ५ सय, गाउँपालिकामा २५ हजार ५ सय रुपैयाँमात्र छ ।

बैंकहरुमा भीडभाड कम गर्ने उद्देश्यले बैंकर्स संघले ५ बुँदे निर्देशनसरहको विज्ञप्ति जारी गरेको हो । बैंकर्स संघका अनुसार अब बैंकका शाखाबाट नगद झिक्न, ५० हजार रुपैयाँभन्दा माथिमात्र नगद जम्मा गर्न, चेक, आईपीएस, आरटीजीएसलगायतका विधिबाट रकम स्थान्तन्तरण गर्न, विप्रेषण भुक्तानी गर्न र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी काम मात्रै गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !