२४ बैशाख २०८१, सोमबार

नेकपाको सचिवालय बैठक : राष्ट्रियसभा उम्मेदवार र सभामुख टुंग्याउने तयारी

प्रकाशित मिति :  3 January, 2020 7:01 am


g]skfsf] ;lrjfno a}7s afn’jf6f/df ;f]daf/ a;]sf] g]kfn sDo’lgi6 kf6L{sf] ;lrjfno a}7sdf k|wfgdGqL Pj+ g]skfsf cWoIf s]kL zdf{ cf]nL, k”j{ k|wfgdGqL Pj+ g]skfsf cWoIf k’iksdn bfxfn;lxt zLif{ g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १८ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे आठ बजे बैठक बस्न भएको हो ।बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी -राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।

बिहीबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले शुक्रबारको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ । सभामुख पदका लागि पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस !