६ पुस २०८२, आइतबार

अर्घाखाँचीमा कोरोना संक्रमित थप २ को मृत्यु, ३५ जना कोरोना संक्रमित

प्रकाशित मिति :  15 May, 2021 8:48 pm


अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ भने ३५ जनामा संक्रमणको पुष्टि भएको छ ।

मुत्यु हुनेमा भूमिकास्थान नगरपालिका रहेको जिल्ला अस्पताल अहेब अशोक चौहानले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अनुसार शीतगंगा नगरपालिका बाहेकका ५ स्थानीय तहमा ३५ जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितहरु मध्ये सन्धिखर्क नगरपालिकामा १९, भूमिकास्थान नगरपालिकामा ५, मालारानी गाउँपालिकामा २, पाणिनि गाउँपालिकामा २ र छत्रदेव गाउँपालिकामा ७ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

अर्घाखाँची जिल्लाभर हाल ६५५ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !