८ बैशाख २०८१, शनिबार

बुटवल कोरोना अस्पतालमा उपचाररत थप १० जनाको मृत्यु

प्रकाशित मिति :  16 May, 2021 1:30 pm


रुपन्देही । बुटवलको कोरोना अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित थप १० जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ९ बजेसम्म १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ जना रुपन्देहीका छन् भने ३ जना गुल्मी र नवलपरासीका १ जना छन् । एक जनाको पहिचान नखुलेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी गराएका छन् ।

मृतकमध्ये रुपन्देहीका बुटवल उपमहानगरपालिका–११ कि ६० वर्षीय महिला, रुपन्देहीकै सैनामैना नगरपालिका–८ का ५४ वर्षीय पुरुष, रुपन्देही तिलोत्तमा–५ का ६० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै धुर्कोट–२ गुल्मीका ३३ वर्षीय पुरुष, सत्यवती–५ गुल्मीका ५,इश्मा–४ गुल्मीका–४५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै नवलपरासी भुमही–६ का ४८ वर्षीय पुरुष र ठेगाना र उमेर नखुलेका १ जना पुरुषको मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !