१४ बैशाख २०८१, शुक्रबार

भारतमा कोरोना संक्रमण घट्दै,पहिलोपटक ३ लाखभन्दा कम संक्रमित

प्रकाशित मिति :  17 May, 2021 12:00 pm


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख भन्दा कम कोरोना तथ्याङ्क सार्वजनिक भएको छ ।

४ लाख भन्दा माथि पुगेको कोरोना संक्रमितको संख्या पछिल्ला केही दिनमा घट्दै गएको देखिएको छ । भारतले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २,८१,३८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २५ दिनमा कोरोना संक्रमितको संख्या ३ लाख भन्दा कममा झरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार हिजो देशभर १५,७३,५१५ जनाको कोरोना परीक्षण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !