११ बैशाख २०८१, मंगलबार

दाङमा सवारी पास लिनका लागि चाहिने कागजातको विवरण सार्वजनिक

प्रकाशित मिति :  17 May, 2021 3:42 pm


दाङ । जिल्ला प्रशासन कार्यालय दाङले सवारी पासका लागि चाहिने कागजातको सूची सार्वजनिक गरेको छ ।

निषेधाज्ञा जारी रहेको दाङमा अत्यावश्यकीय कामका लागि जारी गरिने सवारी पासका लागि चाहिने आवश्यक विवरणबारे जानकारी गराएको हो । प्रशासन कार्यालयमा पास लिन जाँदा सवारी साधन प्रयोगको प्रायोजन, चालकको नाम थर, सवारी धनिको नाम थर, सवारीको किसिम खुलाउनुपर्ने छ ।

त्यस्तै सवारी नम्बर, प्रयोगकर्ताको नाम थर तथा सम्पर्क नम्बर र पुग्नुपर्ने ठाउँ खुलाउनुपर्ने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । त्यस्तै जानुपर्ने मिति, जाने ठाउँको सम्बन्धित वडाको सहमति सिफारिस,बिरामीको हकमा डाक्टरको रिफर कागज र सो संग सम्बन्धित चेकजाँचका कागजात र आफू रहेको वडाको सिफारिस उपलब्ध गराउपर्ने प्रशासनको सूचनामा भनिएको छ ।

सबै विवरण मा इमेल गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !