२१ बैशाख २०८१, शुक्रबार

नेप्से परिसूचक २०.७ अंकले बढ्याे, साढे ९ अर्बकाे काराेबार

प्रकाशित मिति :  17 May, 2021 5:22 pm


काठमाडाैं । सोमबार पनि सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २०.७ अंकले बढेर २७५९.२१ विन्दुमा पुगेकाे छ । आईतबार ५४अंकले बढेको नेप्से परिसुचक सोमबार २०.७ ले बढेको हो । सोमबार सेयर बजारमा साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ ।

बजारमा तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजारमा हरियालीनै छाएको छ ।

कारोबारमा आएका २१८ कम्पनीको ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको छ । आईपीओ सुचीकृत भएसँगै रुरू जलविद्युत सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । । १० प्रतिशत बढेर रुरुको सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँ पुगेको छ । आज नेपाल पुर्नविमा कम्पनीको ६६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिसेयर १ हजार ४ सय१० रुपैयाँ पुगेको छ । राधी जलविद्युतको सेयर मूल्य पनि ९.९४ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस !