१२ बैशाख २०८१, बुधबार

गुल्मीमा थपिए १४५ जना कोरोना संक्रमित,२७५ जना निको

प्रकाशित मिति :  18 May, 2021 3:21 pm


गुल्मी । गुल्मीमा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका हुन् । यससंगै गुल्मीमा सक्रिय संक्रमितको संख्या ११०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

सक्रिय संक्रमित संख्यामध्य १०५५ जना होम आइसोलसनमा र ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आइसियूमा उपचाररत व्यक्तिको संख्या ४ छ भने १ जनको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी गराएका छन् । गुल्मीका कोरोना संक्रमण फैलिएपछि अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !