७ बैशाख २०८१, शुक्रबार

चीनबाट प्राप्त अक्सिजन सिलिण्डर दुरुपयोग भयो,छानविन होस् : नेता पुन

प्रकाशित मिति :  18 May, 2021 3:42 pm


काठमाडौं । चीनबाट प्राप्त अक्सिजन सिलिण्डर दुरुपयोग भएको भन्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले छानविन गर्न माग गरेका छन् ।

चीनबाट आएको सिलिण्डर सत्तारुढ दलका नेता सांसद र आफन्तको खरमा राखिएको र पहुँचको आधारमा वितरण गरिएको भन्दै यस्तो कार्य राज्यशक्तिको दुरुपयोग तथा भ्रष्टाचार भएको नेता पुनको भनाई छ ।

सामाजिक सञ्जालमा नेता पुनले चीनबाट आएको अक्सिजन सिलिण्डर कहाँ,कसरी वितरण गरियो ? भन्दै सार्वजनिक गर्न माग गरेका छन् । उनले पहुँचको आधारमा भन्दापनि प्राथमिकताको आधारणमा वितरण गर्न माग गरेका छन् ।

उनले भनेका छन्, “चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता ,सांसद रआफन्तको घरमा राखिनु वा पहुचको आधारमा बितरण गर्नु राज्यशक्तिको दुरूपयोग एबम भ्रस्टाचार हो,तुरून्त छानबिन गरियोस,सरकारले सिलिन्डर कँहा,कसरी बितरण गरियो?सार्वजनिक गरोस,प्राथमिकताको निर्धारणा गरी बितरण गरियोस नकी पहुँचका आधारमा ।”

केहीदिन पहिले चीन सरकारले अक्सिजन सिलिण्डर सरकारले उपलब्ध गराएको थियो । उक्त सिलिण्डर सत्तारुढ नेकपा एमालेका सांसदको घरमा भेटिएको र पहुँचको आधारमा वितरण गरिएको भन्दै आलोचना भएको थियो । सोही सन्दर्भमा पूर्वमन्त्री समेत रहेका पुनले छानविनको माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !