१६ चैत्र २०८०, शुक्रबार

नेप्सेमा ऐतिहासिक रेकर्ड कायम

प्रकाशित मिति :  18 May, 2021 4:30 pm


काठमाडौं। सेयर बजार परिसूचक नेप्से ऐतिहासिक बिन्दुमा पुगेको छ भने कारोवारको रकमले पनि रेर्कड कायम गरेको छ । आज परिसूचक ३४.६८ अंकले बढेर २७९३ अंकको बिन्दुमा पुगेको छ। यो अंक हालसम्मकै उच्च बिन्दु हो।

परिसूचकका साथै आज बजारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ को सेयर किनबेच भएको छ। २१५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा खरिदबिक्री भएको छ। एकै दिन कारोबार भएको यो रकम अहिलेसम्मकै उच्च हो।

आज सेयर बजारमा उत्पादनबाहेकका सबै समूह बढेका छन्। सो समूह ५ अंकले घटेको छ। बैंकिङ ४, ब्यापार ७६, होटल तथा पर्यटन २००, विकास बैंक १००, जलविद्युत ९६, फाइनान्स ८०, निर्जीवन बीमा कम्पनी ८१, अन्य १६, माइक्रोफाइनान्स ८५ र जीवन बीमा कम्पनी २०५ अंकले बढेका छन्।

आजको शेयर कारोवारमा ३४ कम्पनीको शेयरधनीले ९ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् भने १८० कम्पनीको शेयरमूल्य बढेको छ । २२ कम्पनीको मात्र शेयरमूल्य घटेको बजारमा १२ कम्पनीको शेयरमूल्य स्थीर रहेका छन् ।

आज शेयर बजारमा सोल्टी होटल, ओरेन्टल होटल, बेष्ट फाइनान्स, समता माइक्रोफाइनान्स, विशाल बजार कम्पनी, मिथिला लघुवित्त, नेसनल हाइड्रो, कालिका पावर, हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, र शिवश्री हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ।

 

 



प्रतिक्रिया दिनुहोस !